दफा १७
संरचनाको हस्तान्तरण
(१) अनुमतिपत्र प्राप्त संस्थाले दफा १३ को उपदफा (१) बमोजिमको अनुमतिपत्रको अवधि समाप्त भएपछि आफूले सञ्चालन गरेको खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना तथा सेवा प्रणाली र सोसम्बन्धी संरचना चालू अवस्थामा देहाय बमोजिमका निकायलाई निःशुल्क रुपमा हस्तान्तरण गर्नु पर्नेछ:-

(क) दफा दठ को उपदफा (२) बमोजिमको आयोजनाको हकमा नेपाल सरकार वा नेपाल सरकारले तोकेको निकाय,

(ख) दफा द को उपदफा (४) बमोजिमको आयोजनाको हकमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकाय,

(ग) दफा दद को उपदफा (५) बमोजिमको आयोजनाको हकमा सम्बन्धित स्थानीय तह।

(२) उपदफा (१) बमोजिम संरचना हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राम्त संस्थाले हस्तान्तरण गरेका आयोजना र संरचनाहरुको: तोकिए बमोजिमको विवरण खण्ड (क), (ख) र (ग) बमोजिमका निकायले सो निकायमा हस्तान्तरण भएको: मितिले तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।